२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन् ।
चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब दिने निर्णय गरेका थिए ।