|  

प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् ।

सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत भोलि मधेश प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।  ओली मंगलबार बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर जाने सचिवालयले जनाएको छ ।