|  

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्दै

२६ चैत, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्दैछन् ।

उनको सम्बोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको छ । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।