|  

अमेरिकी कर वृद्धिले इयुलाई मन्दीमा धकेल्ने चेतावनी !

२६ चैत, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता व्यापक विश्वव्यापी कर घोषणा गरेका छन् ।

जसमा युरोपेली संघ (इयु) बाट आयातमा २० प्रतिशत शुल्क समावेश छ । स्टील, आल्मुनियम, कार र अटो पार्टपुर्जामा अमेरिकी करहरूसँगै यो कदमले मुद्रास्फीतिलाई बढावा दिन, आर्थिक वृद्धिलाई सुस्त बनाउन र इयुलाई मन्दीमा धकेल्नसक्ने चेतावनी र चिन्ताहरू निम्त्याएको छ । राष्ट्रपति ट्रम्पले युरोपेली संघसहित सम्पूर्ण विश्वमा विश्वव्यापी करको घोषणा गर्नु विश्व अर्थतन्त्रको लागि ठूलो धक्का भएको विज्ञहरुको भनाइ छ ।