२६ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबादेखि निरन्तर गिरावट आएको सुनको मूल्यले आज पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो । चैत्र २१ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको थियो ।
सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ । आज प्रतितोला चाँदी १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।