|  

राप्रपा उपाध्य मिश्र र महामन्त्री राणाको १५ दिन थपियो हिरासतको म्याद

२६ चैत, काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई थप १५ दिन हिरासतमा राखिने भएको छ ।

काठमाडौं जिल्ला अदालतले मिश्र र राणालाई अझै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको हो । यहि चैत १५ गते तीनकुनेमा राजावादीको प्रर्दशनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको आरोप उनीहरु माथि प्रहरीले लगाएको छ । उक्त आरोपमा पक्राउ गरिएका उनीहरुसहित २० जनामाथि अनुसन्धान गर्न अदालतले १५ दिनको म्याद थपेको हो ।