|  

बल्खुमा सभा सकिएपछि राप्रपाले गर्‍यो आफैँ सफाः बालेनले दिए धन्यवाद !

२६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले राष्ट्रिय प्र्रजातन्त्र पार्टी राप्रपालाई आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धन्यवाद दिएका छन् ।

राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेपछि बालेनले राप्रपालाई धन्यवाद भनेका हुन् ।  कसैले फोहोर गर्छन र जरिवाना तिराउने भनेर महानगर नबसेको भन्दै उनले भनेका छन् ,‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो । सोही सभा सकिएपछि नेता कार्यकर्ता  र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेका छन्।

May be an image of 10 people and text that says 'स्वयंसेवक स्वर सेवक राध्या'

May be an image of 7 people, street and crowd

May be an image of 7 people and street