|  

३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार

२६ चैत, काठमाडाैं । आज सेयरबजार परिसूचक (नेप्से) २६६६.६१ विन्दुमा बन्द भएको छ ।

३.४४ अंकले परिसूचक घटेसँगै कारोबार पनि घटेको छ । आज ५ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो ५ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो । आज कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको छ । १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ । १ सय २३ कम्पनीको सेयर मूल्य घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।