|  

केपी ओली कपमा गण्डकी हिरोज र हिमालयनको जित

२६ चैत, काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भए । आजको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित हासिल गरेको छ । १६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाउँदै जित हासिल गर्‍यो । त्यसअघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो ।

त्यस्तै,दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबमाथि ४ विकेटको जित हासिल गरेको छ । १३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पूरा गर्‍यो ।