|  

भुटानी अभिनेत्री उगेन छोदेनले गरिन नेपाली फिल्ममा साइन

२६ चैत, काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेनले एक ‘अनटाइटल’ नेपाली फिल्म साइन गरेकी छन् ।

छायांकन दुई महिनापछि सुरु हुने तयारीमा छ । उनको डेब्यु नेपाली फिल्म ‘२ नम्बरी’ गतवर्ष प्रदर्शनमा आएको थियो । म्युजिक भिडियोका लागि यसैसाता काठमाडौं आएकी उगेनले आफूले एक नयाँ फिल्ममा साइन गरेको र यसबारे चाँडै जानकारी दिने बताइन् । आउँदो मे महिनादेखि फिल्म छायांकन सुरु हुने उनले बताइन् । यसैसाता काठमाडौं आएकी छोदेन केही दिनमा थिम्पु फर्किने तयारी छ । अनि फिल्मको लागि दुई महिनामा पुनः आउनेछिन् ।