२७ चैत, काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमण, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समितिको मिति २०८१/१२/२७ गते बस्ने बैठक सम्बन्धी सूचना
सूचना
संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको 2७१ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
- समितिको वार्षिक कार्यतालिकाको समिक्षा,
- समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल,
- सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारी
- विविध ।
कार्यक्रम:-
मिति:- २०८१ चैत २७ गते, बुधबार।
समय:- बिहानको ११:०० बजे ।
स्थान:- समिति हल (काठ घर नं. ४) ।