२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलहरुले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाएका छन् ।
आज संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले उक्त प्रयास सफल हुन नदिने टिप्पणी गरेका हुन् । सत्तामा आफ्नो वर्चश्व कायम गर्न र व्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरु नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाए । उनले संविधान संशोधनमार्फत व्यवस्था परिवर्तन गर्न नपाउने धृष्टता गरिए देशमा आगो बाल्ने चेतावनी दिए । उनले भने,‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ । केही राजनीतिक दलहरुले आफ्नो वर्चश्वलाई कायम गर्न, आफ्नो व्रम्हलुटलाई सुरक्षित गर्नको निमित्त संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहान्छु प्रमुख राजनीतिक दलका नेताहरुलाई तपाईले यो धृष्टता गर्नुभयो धने देशमा आगो बल्छ । त्यो आगोको पहिलो शिकार तपाईहरु हुनुहुन्छ ।’
चैत १५ को घटनाबाट आफूहरु कतिपनि बिचलित नभएको उनको भनाइ छ ।