|  

राजावादी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल जाँदै गृहमन्त्री

२७ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज राजावादी आन्दोलनका घाइतेलाई अस्पताल पुगी भेट गर्दैछन् ।

आज अपरान्ह ४ बजे बानेश्वरको सिभिल हस्पिटलबाट घाइतेहरूसँग भेटघाट सुरु हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ । चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो भने कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेमध्ये ४ जनालाई गोली लागेको थियो । घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारले घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ।