|  

लामो समयपछि काठमाडौंमा वर्षाः वायु प्रदूषण घट्ने अपेक्षा

२७ चैत, काठमाडौं । लामो समयपछि काठमाडौं उपत्यकाको एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट, मुलपानी लगायतका स्थानमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको हो । पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार भोलि पनि काठमाडौं उपत्यकामा वर्षात हुने अनुमान छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् ।