२७ चैत, काठमाडाैं । नेपाल र भारत सरकारबीच कृषि क्षेत्रमा सहयोग सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भारतको कृषि तथा किसान कल्याण तथा ग्रामीण विकासमन्त्री शिवराज सिंह चौहान र नेपालका कृषि तथा पशपन्छी विकास मन्त्री रामनाथ अधिकारीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले दुई राष्ट्रहरू बीचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । विशेष गरी बाली उत्पादकत्व बढाउने, फसल पछिको व्यवस्थापनमा सुधार गर्ने, कृषि-बजार प्रणालीमा सुधार गर्ने, जलवायु प्रतिरोधी र दिगो कृषि अभ्यासहरूलाई प्रवद्र्धन गर्ने जस्ता क्षेत्रहरूमा समझदारी भएको छ ।
यो समझदारी पत्रले खाद्य सुरक्षा सुनिश्चित गर्ने, किसानको जीविकोपार्जन बढाउने र वातावरणीय रूपमा दिगो कृषितर्फ काम गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई प्राथमिकतामा राखेको छ ।
Hon’ble Union Minister of Agriculture & Farmers Welfare and Rural Development, Shri Shivraj Singh Chouhan and Hon’ble Union Minister of Agriculture and Livestock Development of Nepal, Shri Ram Nath Adhikari, have signed an MoU on 'Cooperation in the Field of Agriculture between… pic.twitter.com/7xsBGWjsmK
— Agriculture INDIA (@AgriGoI) April 9, 2025