|  

तीनकुने घटना : घाइते १२९ मध्ये १२५ जना घर फिर्ता

२८ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १ सय २९ जनामध्ये ५ जनाबाहेक सबै उपचारपछि घर फिर्ता भएका छन ।

प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, निजामती कर्मचारी अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा एकरएक जना गरी पाँच जना हाल उपचाररत छन । बाँकी सबै उपचारपछि घर फिर्ता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

हिजो गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी लगायतको टोलीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरूले निःशुल्क उपचार व्यवस्थापन गरिरहेको उल्लेख गर्दै घाइतेहरूको उपचार व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च विवरण संलग्न राखी कागजातसहित मन्त्रालयमा सोधभर्नाका लागि पठाउन अनुरोध समेत गरेको छ ।