|  

चारदेशीय टी-२० आई सिरिजः कुवेतविरुद्ध फिल्डिङमा नेपाल

२८ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग खेलिरहेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा जारी खेलमा नेपाल टस जितेर फिल्डिङमा उत्रिएको छ । यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन । दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन ।

आजै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल बिहान नेपाली समय अनुसार सवा ११ बजे शुरू हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।