२८ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
आज बिहानैदेखि काठमाडौं हावाहुरी र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनवटै जिल्लामा हावाहुरी र चट्याङसहित वर्षा भएको हो । वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनाएको छ ।