२८ चैत, काठमाडाैं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।
आज पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।