|  

रामेछाप हिडेको यात्रुवाहक बस काभ्रेमा दुर्घटनाः ११ जना घाइते

२८ चैत, काठमाडाैं । काठमाडौंबाट रामेछाप हिडेको यात्रुवाहक बस काभ्रेको रोशी गाउँपालिकामा दुर्घटनामा परेको छ ।

प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा खस्दा ११ जना घाइते भएका छन् । घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ ।

बस चिप्लिँदा खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइसलाई पनि ठक्कर लागेको भए पनि हाइसका यात्रु भने सकुशल छन । बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।