|  

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ? 

 २८ चैत्र, काठमाडौं ।  नेपाली बजारमा आज आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा पाँच हजार सात सय रूपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज तोलामा ६५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।