२८ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमा ९० दिनको लागि पारस्परिक कर लगाउने निर्णयमा रोक लगाएका छन् ।
तर चीनका लागि भने करमा रोक लगाइएको छैन । चिनियाँ सामानमा भन्सार कर अझै बढाएर १०४ बाट १२५ पुर्याएका छन्। चीनले प्रतिशोधात्मक ८४५ कर लगाएपछि ट्रम्पले यो कदम चालेका हुन्।अब चीनमा बनेको १०० डलरको उत्पादन अमेरिका पुग्दा २२५ डलर पर्नेछ ।
अमेरिकामा चिनियाँ सामान महँगो हुँदै गएकाले यसको बिक्री घट्ने सम्भावना छ।ट्रम्पले ट्रुथ सोसलमा चीनले विश्वव्यापी बजारको सम्मान नगरेको बताएका छन् । त्यसैले आफूले चीनमा कर अझै बढाएर १२५५ बनाएको बताएका छन्। उक्त कार्यले चीनले चाडै नै अमेरिका र अन्य देशहरूलाई लुट्ने दिन सकिएको बुझ्ने बताए ।
सम्झौता गर्ने देशहरूको लागि भने भन्सार १०५ हुनेछ। ७५ भन्दा बढी देशहरूले अमेरिकी प्रतिनिधिहरूलाई आमन्त्रित गरेका र यी देशहरूले आफ्नो सुझावमा अमेरिका विरुद्ध कुनै पनि बदला नलिएका ट्रम्पले बताए । त्यसैले करमा ९० दिनको पज स्वीकार गरेको ट्रम्पको भनाइ छ। भन्सार शुल्कमा यो विरामले नयाँ व्यापार सम्झौताहरूमा वार्ता गर्न समय प्रदान गर्नेछ।