|  

नेपालद्धारा म्यानमारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण 

२८ चैत्र, काठमाडौं ।  नेपाल सरकारले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।

परराष्ट्र मन्त्रालयको टोली म्यानमार पुगेर भूकम्प प्रभावितहरूका लागि खाद्यान्न,औषधि,लत्ताकपडा, टेन्टलगायत २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले म्यानमारमा भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो ।

म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्पका कारण तीन हजार ६ भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । भूकम्पमा १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने १०–१५ जना हराइरहेको नेपाली दूतावासले जनाएको छ ।