२८ चैत्र, काठमाडौं । गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीन वटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।
खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताए ।