२८ चैत्र, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ ।
यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ । सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरूले अस्वीकार गर्दै आएका छन् ।
सरकारले विगतमा पनि सहमति गरेको तर कार्यान्वयन नगर्ने गरेकाले वार्ताको औचित्य नरहेको उनीहरूको अडान छ ।