|  

शिक्षा बिधेयक बनाउन नसक्नु लज्जाकाे बिषय हाेः गगन थापा

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा बिधेयक बनाउन नसक्नु लज्जाको बिषय बनेको टिप्पणी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेशनलाई सम्बोधन गर्दै थापाले शिक्षा र प्रहरी सबन्धी कानुन निर्माण गर्न नसक्नु लज्जाको बिषय भएको बताएका हुन् । थापाले भने, ‘संबिधान जारी भए लगत्तै ३–४ बर्ष अगाडी नै शिक्षा र प्रहरी सबन्धी कानुन बनाइसक्नु पर्दथ्यो, त्यो बनाउन नसक्नु लज्जाको बिषय हो । बेलैमा बनाएर दिएको भए अहिले शिक्षकहरू आन्दोलनमा आउनु पर्दैनथ्यो ।’
उनले कानुन बनाउन ढिलाईमा कांग्रेस पनि भागिदार भएको बताए ।