|  

शंखमूलमा एक जना पुरुषको श#व फेला 

२८ चैत्र, काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ ।

मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको प्रहरीले जनाएको छ ।

४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।