२८ चैत्र, काठमाडौं । डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
भग्नावशेषबाट निकालिएका शवहरूको पहिचान गर्नै गाह्रो भइरहेको बताइएको छ । जानकारी अनुसार, एक प्रतिष्ठित नाइटक्लबको छत भत्किँदा १८४ जनाको मृत्यु भएको छ ।
यस घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।उद्धार कार्य जारी रहेको बताइएको छ । अधिकारीहरूले हालसम्म पहिचान गरिएका ५४ पीडितहरूको नाम पढेर सुनाएका थिए । बाँकीको पहिचान गर्ने प्रयास भइरहेको छ ।