|  

ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रियाः हामी कसैले उक्साउँदैमा डराउँदैनौं र पछि हट्ने पनि छैनौं 

२८ चैत्र, काठमाडौं ।  अमेरिका र चीनबिच ट्यारिफ युद्ध सुरु भएको छ ।

एकले अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार शुल्क लगाउने क्रम चर्किर्दै जाँदा यी दुई देशले बारम्बार ट्यारिफ वृद्धिको घोषणा गरेका छन् ।

यसै सन्दर्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सामाजिक सञ्जालमा चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वनेता माओत्सेतुङको पुरानो भिडियो पोस्ट गरेकी छन् ।

कोरियाली युद्धको समयको यस भिडियोमा माओले ‘हामी पछि हट्ने छैनौं’ भनेर भनेका छन् । यो भिडियोमा माओले अमेरिकालाई लक्षित गरेका थिए ।

‘यो युद्ध जतिसुकै लामो समयसम्म चले पनि, हामी कहिल्यै झुक्ने छैनौँ’ भिडियोमा माओले भनेको सुनिन्छ ।

ही भिडियो शेयर गर्दै मन्त्रालयका प्रवक्ता माओले लेखेकी छन्, ‘हामी चिनियाँ हौं । हामी कसैले उक्साउँदैमा डराउँदैनौं । हामी पछि हट्ने छैनौं ।’