२८ चैत्र, काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले निकट कानून व्यवसायीहरूको प्यानल नै निर्वाचित भएको छ ।
अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा. विजयप्रसाद मिश्र निर्वाचित हुँदा महासचिवमा सोही प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भएका छन् ।
मिश्र कांग्रेस र कोइराला एमाले निकट हुन् । बारको २७ औं केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा २५ सदस्यमा ५७ जनाबीच प्रतिस्पर्धा भएको थियो ।