|  

 नौ दिनपछि कार्यालय पुगे मेयर बालेन

२८ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन् । मेयर बालेन आज एकछिन कार्यालय पुगेर निस्किएको महानगर स्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए ।

महानगर प्रहरी बलको अवरोधका बाबजुद उनलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षसम्म पुर्‍याएका थिए ।महानगर स्रोतका अनुसार, बालेन गत साताको मंगलबारदेखि महानगर गएका थिएनन् ।