२८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् ।
आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरुसँगको भेटमा देउवाले सो धारणा राखेका हुन् ।
देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जिकिर समेत गरे ।