|  

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

२८ चैत्र, काठमाडौं ।   प्रधानमन्त्रीसमेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा.केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

ओलीले बिहीबार उपकुलपति बरालले दिएको राजीनामा स्वीकृत गरेका हुन्। उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।