२८ चैत्र, काठमाडौं । काठमाडौंको बलम्बुस्थित एक घरमा भल पसेको छ ।
बिहीबार बिहान ५ बजे चन्द्रागिरि नगरपालिका–१२ बलम्बु संगम बस्तीस्थित एक घरको भुइँतलामा भल पसेको हो । धादिङ थाक्रे गाउँपालिका–३ घर भई बस्ने वर्ष ३४ को कृष्णप्रसाद सिग्देलको कोठा पछाडिबाट भल पसेको प्रहरीले जनाएको छ ।
भलले कोठामा रहेका १५ लाख ५२ रुपैयाँ बराबरका विभिन्न सामानमा क्षति पुगेको छ । सोफा सेट, दराज, फ्रिज, लगायत विभिन्न सामानमा क्षति पुगेको हो।