|  

बालेनका स्वकीय सचिव भूपदेवलाई कारबाही गर्न महानगरका कर्मचारी संगठनको माग

२८ चैत्र, काठमाडौं । काठमाडौं महानगरका कर्मचारी तथा पेशागत संगठनले मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहलाई समेत कारबाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार स्वकीय सचिव भूपदेव शाहलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएका हुन् । चैत २१ गते मेयर बालेन शाहले कार्यकारी गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए।

त्यसका बाबजुद गुरागाईंलाई उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूले कार्यालय प्रवेश गराई हाजिर गराएका थिए । उक्त घटनापछि स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारी कार्यकारीलाई जबर्जस्ती कार्यालय प्रवेश गराएर नाटक मञ्चन गरेको आरोप लगाएका थिए।