२८ चैत्र, काठमाडौं । बिहीबार बिहानदेखिको वर्षाको कारण उदयपुरमा निर्माणाधीन पक्की पुलमा क्षति पुगेको छ।
वर्षाले अमाह खोलामा आएको बाढीले मिर्चैया–कटारी–घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भत्काएको हो ।उदयपुरको कटारी नगरपालिका–२ मा पर्ने सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बीच भाग बाढीले भत्काएको हो ।
बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पुगेकोछ ।प्रिस्टेष्ट प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो ।
उक्त पुल ढलान भएको २० दिन मात्रै भएको थियो । सेटिङमा प्रयोग गरिएको टेकाहरू बगाई पुल भाँचिदा अन्दाजी २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।