२८ चैत्र, काठमाडौं । कैलालीमा एउटै विद्यालयमा पढ्ने ७ वर्षकी नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षका बालक पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–४ मा रहेको निजी विद्यालयमा अध्ययनरत ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षका बालकलाई चैत्र ११ गते इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको हो।
घटना चैत्र ६ गतेको हो । नाबालिकालाई उपचारका लागि टिकापुर अस्पतालमा पुर्याइएपछि त्यहाँबाट घटनाबारे प्रहरीलाई खबर प्राप्त भएको थियो।
घटनामा आरोपित बालकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट पनि प्राप्त भएको छ।