|  

एमालेले भोलि बुटवलमा जागरण सभा गर्ने

२८ चैत्र, काठमाडौं । नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने भएको छ ।

देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ शहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागेको हो ।

रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्‍याली निकालिने एमाले, रूपन्देहीले जनाएको छ  ।