|  

चीनका सामानमा १२५% होइन १४५% कर लगाइएको होः अमेरिका

२९ चैत्र, काठमाडौं । अमेरिकाले चीनमाथिको भन्सार १२५ प्रतिशत नभएर १४५ प्रतिशत भएको स्पस्ट परेको छ।

ह्वाइट हाउसले अमेरिका आउने चिनियाँ सामानहरूमा लगाइएको भन्सार १४५ प्रतिशत रहेको बताएको छ।बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर १२५ प्रतिशतसम्म बढाउने बताएका थि ए। त्यसपछि सञ्चारमाध्यमहरुमा अमेरिकाले चीनमाथि १२५ प्रतिशत  कर लगाएको समाचारहरु आएका थिए ।

सो करमा पहिला नै लागू भएको २० प्रतिशत समावेश नभएको जनाइएको छ। अमेरिकी प्रशासनले पहिले उद्धृत गरिएको तथ्याङ्कमा पहिले नै लागू भएको २० प्रतिशत भन्सार समावेश नभएको पुष्टी गरेको छ ।

यसलाई थप गर्दा कुल शुल्क १४५ प्रतिशत हुनेछ।यसअघि चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । बुधबार ट्रम्पले आफ्नो व्यापक ट्यारिफ योजनालाई परिमार्जन गर्दै चीनबाहेक सबै देशहरूमा ९० दिनको लागि ट्यारिफ स्थगित गरेका थिए।