२९ चैत्र, काठमाडौं । काठमाडौंको तीनकुने घटनापछि फरार भएका दुर्गा प्रसाईँ लाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।
पूर्वी नाका काँकडभिट्टामा उनका दाजु , शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन् ।यता नेपाल प्रहरीले भने बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।
बिहीबार विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले प्रसाईं हालसम्म पक्राउ नपरेको जानकारी दिएका हुन्।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनपछि प्रसाईं फरार छन्। सो आन्दोलनका कमान्डर उनलाई प्रहरीले खोजी गरिरहेको छ।