२९ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बरबाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन् ।
रौतहटको गरुडामा बिहीबार पार्टीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीहरूको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे । उनले राजावादीहरूद्वारा आफ्नो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन् ।
उनले भने, ‘चैत्र १५ गते राजावादीहरुले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बरबाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सवै थोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’