|  

 प्रधानमन्त्री ओली बुटवल जाँदै 

२९ चैत्र, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाने भएका छन् ।

पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न उनी बुटवल जाने भएका हुन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको छ ।

सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।