२९ चैत्र, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा३ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।