|  

सुतेकै ठाउँबाट हराएकी तीन महिने शिशु जंगलमा फेला

२९ चैत्र, काठमाडौं । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडीमा घरबाटै एक समूहले उठाएर बेपत्ता पारिएकी ३ महिनाकी शिशुलाई प्रहरीले शुक्रबार बिहान फेला पारेको छ ।

स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढासहित एक जना १८ वर्षीया किशोरीलाई नियन्त्रणमा लिइएको दैलेख प्रहरीले जनाएको छ । 

स्थानीय चामुण्डाविन्द्रासैनी नगरपालिका–३ को लामिडाँडा जंगल क्षेत्रमा बच्चा बोकेर भाग्दै गरेकी ती महिलालाई नियन्त्रणमा लिइएको भए पनि थप विवरण भने प्रहरीले अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने बताएको छ। बिहीबार राति ९ बजेतिर घरबाटै श्रीया हराएकी थिइन्।