|  

पूर्वराजालाई समितिको बैठकमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव

२९ चैत्र, काठमाडौं ।  नेपाली कांग्रेसले पूर्वराजालाई संसदीय समितिमा बोलाएर तीनकुने हिंसाका सम्बन्धमा सोधपुछ गर्नुपर्ने प्रस्ताव राखेको छ ।

संसदीय समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नवराज सवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति आयोजक हो । पोखराबाट काठमाडौं आउँदा जनताले स्वागत गरेका छन् । पूर्वराजालाई तीनकुने घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमा बोलाऔँ । तपाईं यो घटनामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न सोधौँ ।’