२९ चैत्र, काठमाडौं । दुर्गा प्रसाईँले आफू नआत्तिएको बताएका छन् ।
पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए ।
उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे । ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि..’, उनले भने।