२९ चैत, काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ ।
प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो । प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन । उनलाई प्रहरीले आज काँकडभिट्टबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । त्यसअघि उनलाई भारतको आसाममा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।