३० चैत्र, काठमाडौं । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गलेश्वरको धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार राति करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६, लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको हो ।‘
तत्कालै घाइतेको उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो, अचेत अवस्थामा रहेको घाइतेलाई चिकित्सकले मृत घोषित गरे । पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा शव राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।