|  

चारदेशीय टी–२० आई सिरिजः आज नेपाल र हङकङ भिड्दै

३० चैत्र, काठमाडौं ।  हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपालले शनिबार घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।