३० चैत्र, काठमाडौं । अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्धको बीचमा टेस्लाले चीनमा आफ्ना दुई मोडलहरू बिक्री नगर्ने निर्णय लिएको छ ।
अर्बपति अमेरिकी व्यापारी तथा ट्रम्पका सहयोगी एलोन मस्कले चीनमा टेस्लाका दुई मोडलका कारहरूको बिक्री रोकेका हुन्। मोडेल एस र मोडेल एक्सका कारहरू बिक्री नगर्ने जनाइएको छ । चीनले अमेरिकी सामानहरूमा १२५ कर लगाएपछि मस्कको उक्त निर्णय आएको हो ।
यी दुवै मोडेलहरू प्रिमियम कारहरूका हुन्। यी दुवै मोडेलहरू अमेरिकाको क्यालिफोर्निया प्लान्टमा उत्पादन गरिन्छन्। चीनमा टेस्लाको वेबसाइटले शुक्रबार दुवै मोडेलको अर्डर विकल्प हटाएको छ । कम्पनीले आधिकारिक रूपमा बिक्री रोक्नुको कारण भने बताएको छैन ।
यसको पछाडि अमेरिकी सामानहरूमा चीनले लगाएको कर कारण मानिएको छ । रिपोर्टका अनुसार चीनमा यी मोडेलहरूको बिक्री पहिले नै सीमित थियो किनभने यी दुवै महँगा मोडेलहरू हुन्।